TagaroNews
बेसीशहरमा बजाजको ईभी स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक, मूल्य कति ?

बेसीशहर – बजाजको आधिकारिक बिक्रेता स्मार्ट अटो ट्रेड बेसीशहरले अत्याधुनिक विद्युतीय स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक गरेको छ । 

३.५ किलोवाट आवर ब्याट्री क्षमतासहितको चेतक ३५०१ ले एकपटक चार्ज गर्दा १५३ किमीको अद्वितिय रेञ्ज प्रदान गर्ने ग्लोबल अटो लिंक बेसीशहरका प्रोपाइटर बिनोद श्रेष्ठले बताए ।

उनका अनुसार यो स्कुटर सहरी र सबै भौगोलिक विविधताका लागि उपयुक्त छ । यसको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्दै स्कुटरलाई ३ घण्टामा ८० प्रतिशत चार्ज गर्नेछ ।

पूर्ण मेटल बडी र आइपी ६७ वाटर–रेसिस्टेन्ससहितको चेतक ३५०१ ले विविध मौसममा पनि भरपर्दो प्रदर्शन गर्ने कम्पनीले जनाएको छ । 

यो मोडेल क्लासिक चेतकमा म्याप, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, र कल ह्यान्डलिङ सहितको स्मार्ट टीफटी टचस्क्रिन कन्सोल र रिमोट इम्मोबिलाइजेशन, गाइड–मी–होम लाइट, जियो–फेन्सिङ, एन्टि–थेफ्ट र एक्सिडेन्ट डिटेक्सन जस्ता एड्भान्स्ड सुरक्षा प्रविधिहरु रहेका छन ।

स्मार्ट अटो ट्रेड  बेसीशहरले बुकिङ खुल्ला गरेको छ । एक्स–शोरूम मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update