लमजुङ - जिल्ला कारागार कास्कीमा कैद भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
लमजुङ जिल्ला अदालतबाट जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई कैद सजाय काटिरहेका लमजुङ राईनास नगरपालिका-९ घर भएका अमृत बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
असार २३ र २४ को 'जेन्जी आन्दोलन'को क्रममा कारागारबाट भागेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले कार्तिक ४ गते बुधबार बिहान बेसीशहर नगरपालिका-२, भकुण्डेस्थित सडकमा हिडिरहेको अवस्थामा फेला पारेको हो।
जिल्ला अदालत लमजुङले २०८१ जेठ ३ गते उनलाई ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका अधिकारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि पुनः जिल्ला कारागार कास्की पठाइएको लमजुङ प्रहरीले जनाएको छ।





