TagaroNews
मर्स्याङ्दीमा पानीको बहाव घटेपछि दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालन

लमजुङ - लमजुङमा मर्स्याङ्दी नदीको पानीको सतह र बहाव बढेपछि बन्द गरिएका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्।

बेँसीसहर–१ दलालस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजना सोमबार दिउँसोदेखि सञ्चालनमा आएको हो। यस्तै, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना पनि सोमबार बिहान ११:५० बजेदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

नदीको बहाव बढेपछि सुरक्षाका लागि दुवै आयोजनाले आइतबार बिहानदेखि उत्पादन रोकेका थिए। बहाव सामान्य भएपछि आवश्यक प्राविधिक काम र सरसफाइ पूरा गरी उत्पादन पुनः सुरु गरिएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update