लमजुङ – लमजुङमा कार्यरत प्रहरी हवल्दार अर्जुन गुरुङ मृत फेला परेका छन् ।
गुरुङ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा मृत अवसथामा फेला परेका हुन ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत ३६ वर्षीय गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मर्निङ वाकमा हिडेका एक एक व्यक्तिले गुरुङ झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट संकलन गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३ १५:०९
प्रतिक्रिया दिनुहोस्





