स्मार्ट भिलेज गोल्डकपको उपाधि बेसीशहर युथ सोसाइटीको पोल्टामा
लमजुङ– सार्क स्मार्ट भिलेज एवं सुखी गाउँ घलेगाउँमा सञ्चालित छैटौँ स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बेसीशहर युथ सोसाइटी शेराले हात पारेको छ ।
घलेगाउँको स्वर्गभूमि रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सेण्ट्रल कलेज रड्स रामपुरलाइ एक्का बिरुद्ध २ गोल गर्दै बेसीशहर युथ सोसाइटीले उपाधि जितेको हो ।
गोल्डकप जितेसंगै बेसीशहर युथ सोसाइटीले नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्डकप र स्वर्णपदक पुरस्कार प्राप्त गरेको छ । उपबिजेता रड्स रामपुरले भने, नगद ३ लाख ३ सय ५५ रुपैयाँ पाएको छ । प्रतियोगीतामा १२ टिम सहभागी रहेको आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० २१:५२
प्रतिक्रिया दिनुहोस्




