
काठमाडौं - अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए ।
अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको छ ।
यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।
कुन देशमा कति बजे लगाउने टीका हेर्नुहोस्
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० २०:३८
प्रतिक्रिया दिनुहोस्