
लमजुङ - लमजुङको बेसीशहर नगरपालिका–१० गाउँ भाचोकमा रुख काट्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका–६, स्थायी घर भएका १८ वर्षिया राजु तामाङ रहेका छन् ।
गाउँ भाचोकस्थित इन्द्रेणी सामुदायिक वनमा रुख काट्न गएका तामाङको काट्दै गरेको रुखको हाँगाले लागेर मृत्यु भएको हो । शनिवार दिउसो करिव ३ वजेतिर तामाङको घटनास्थलमै मृत्यु भएको लमजुङका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।
घटनाबारे जानकारी लगत्तै प्रहरी टोलि घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ १८:३९
प्रतिक्रिया दिनुहोस्