काठमाडौं – हिमालपारीको जिल्ला मनाङमा याक र हिउँ चितुवाको संरक्षणका लागी हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र ऐन्ट फाउडेशनको संयूक्त आयोजनामा मनाङमा सो मैत्रीपूर्ण खेल गरिने भएको हो ।
मनाङको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा, याक लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु विच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्य सहित खेल आयोजना गरिएको पर्यटन ब्यावसायीक संघ मनाङका अध्यक्ष बिनोद गुरुङले बताए ।
खेल आगामी असोज ३ देखि ७ गते सम्म समुन्द्री सतहबाट २६ सय मिटर उचाईमा रहेको तिमाङ, र ३२ सय मिटर उचाईमा रहेको मुङ्जीमा अवस्थित मैदानहरुमा हुनेछ । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलबारे जानकारी दिएको हो ।
सो अवसरमा सेलिब्रेटि टिम हिमालयन स्नो लिवपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल प्रतिशपर्धा रहने आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।
टिम हिमालयन स्नो लिवपर्डमा कालाकार प्रसान्त ताम्राकार, मेनुका प्रधान, सुशिल श्रेष्ठ, रेशमा पुन र असुसेन लामा रहनेछन् । यस्तै खेलाडी अनिल गुरुङ, अस्मिता रान्पाल, राजेन्द्र लामा र विनोद डंगोल हुनेछन् ।
आयोजकका अनुसार मिस नेपाल वर्ल्ड आस्मा केसी, मिस्टर नेपाल सन्तोष लोकसुम, पर्वतारोहि माया शेर्पा, निर्देशक (हिमालयन रोडिज, पोयट आइडोल) अमन प्रताप अधिकारी, संरक्षण बिद्ध डा.पारस बिक्रम सिहं, आँखा बिशेषज्ञ डा. किसोर प्रधान र उदघोषक महिमा पण्डि भट्टराइ रहने आन्ट फाउण्डेनले जनाएको छ ।
कान्जिसरा याक टिममा लोकेन्द्र घले, खड्गजंङ गुरुङ, मंगलदेव गुरुङ, विनोद लामा, धन बहादुर गौचन, विजय गुरुङ, दिपेन्द्र गोदार, गणेश घले, वावु घले, लोपसाङ लामा, दावा छिरिङ्ग लामा, सविन गुरुङ र मिङ्मार डोल्मा लामा छन् ।
कार्यक्रम सफल बनाउन मनाङको चामे र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजन रहने छ ।
मुख्य आर्कषणः
- हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धित जनचेतना जगाउनका लागि मैत्रिपूर्ण फुटबल खेलः नेपालका ख्याति प्राप्त कालाकारहरु, खेलाडीहरु, मिस नेपाल वर्ल्ड, मिस्टर नेपाल, मिस युनिभर्स नेपालले खेलमा भाग लिने र स्थानिय युवाहरु संग खेल खेल्ने ।
- स्थानिय आमा समुह, युवा कल्लबद्धारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन ।
- हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरु ।
- हिउँ चितुवा वासस्थानको भ्रमण र डा। पारस विक्रम सिंह जसले हिमालमा कस्तुरी मृग, हिउँ चितुवामा बिगत दश वर्ष देखि अनुसन्धान गर्दै आउनु भएको छ र अमेरिकाबाट आउने वन्यजन्तु विज्ञ डा. जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया ।
- वाइल्ड लाइफ फोटो ग्राफरहरु, विभिन्न मिडियाकर्मिहरु र स्थानिय सोसल एक्टिभिस्टहरु संग भेटघाट र अन्तरक्रिया गरिनेछ ।
गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो ।




-1788004722-1788106938.jpg)
