
काठमाडौं - कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ नमुनामध्ये ५ सय ७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १७:२२
प्रतिक्रिया दिनुहोस्