
लमजुङ- लमजुङको सुन्दरबजारमा पानी ट्याङ्की सफा गर्ने क्रममा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । सुन्दरबजार नपा- ६ स्थित आदर्श बाल माविमा रहेको पानी ट्याङ्की सफा गर्ने क्रममा करेण्ट लाग्दा ३५ बर्षीय निरफ श्रेष्ठको ज्यान गएको हो ।
मंगलबार विहान साँढे ११ बजे विद्यालयको नवनिर्मित भवनको ट्याङ्की सफा गर्न मोटर ल्याई ट्याङ्की भित्र पसेर सफा गर्ने क्रममा सुन्दरबजार नपा- ९, बालुने बस्ने श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ ।
करेण्ट लाग्नासाथ श्रेष्ठलाई बाहिर निकालेर सुन्दरबजार अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले मृत्यु भइसकेको जानकारी गराइएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार हाल मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि सदरमुकाम बेसिशहर स्थित लमजुङ अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्