
तनहुँ- तनहुँ क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डाक्टर स्वर्णिम वाग्लेको चुनाव प्रचारमा प्रयोग भएको कार दमौलीमा ताेडफाेड भएको छ ।
दमौली बजारमा मालपोत लाइन नजिकै पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कार अज्ञात समुहले तोडफोड गरेको अवस्थामा भेटिएको हो । कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए ।
गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०९:४०
प्रतिक्रिया दिनुहोस्