
काठमाडौँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । तनहुँ जिल्ला क्षेत्र नं. १, चितवन जिल्ला क्षेत्र नं २ र बारा जिल्ला क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० २१:२७
प्रतिक्रिया दिनुहोस्