
पोखरा- कास्कीमा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर रहेको छ ।
बिहान करिब ८ बजे खाना खाएर सोही वडाको जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको हो । घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ । उनको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्