
काठमान्डौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष इतिहासकै सबैभन्दा बढीले अनुमति लिएका छन् । बसन्त ऋतुमा आरोहण सिजन सुरु भएसँगै बुधबारसम्म ४ सय ६३ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जस्मा ३ सय ६७ जना पुरुष र ९६ जना महिला छन् ।
विभागका निर्देशक युवराज खतिवडाका अनुसार सबैभन्दा बढी ९६ जना चिनियाँ नागरिक छन् । उनका अनुसार यसपटक सगरमाथाबाट रोयल्टी पनि अत्यधिक मात्रामा संकलन भएको छ । आरोहीबाट अहिलेसम्म ६५ करोड रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको विभागले जनाएको छ ।
कोरोना महामारी पछि खुम्बु क्षेत्रको पर्यटन व्यवसाय पनि फस्टाएको छ । व्यवसायीहरुका अनुसार यतिबेला खुम्बुका ८० प्रतिशत होटलहरू भरिभराउ छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० २२:०९
प्रतिक्रिया दिनुहोस्