
काठमाण्डौ - नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे । भोटका आधारमा विजेता चयन गरिएको थियो ।
बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।
प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले तीन लाख रुपैयाँ नगदसहित पुरस्कार पाए । यस्तै सन्तोष क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरे ।
लोकस्टारको निर्णायकमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:१४
प्रतिक्रिया दिनुहोस्