
काठमाडौं – गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिरामी भएर बुधबार काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका छन् ।
स्वास फेर्न असहज भएपछि परीक्षण गराउँदा उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।
निमोनिया देखिएको र फोक्सोमा पानी जमेकाले भर्ना भएर उपचार गर्न चिकित्सकले सुझाएका थिए । चिकित्सकका अनुसार कम्तीमा ४/५ दिन भर्ना गरेर उपचार गर्नुपर्छ ।
तनहुँ तमु समाज पोखराको कार्यक्रमका लागि उनी मंगलबार पोखरा पुगेका थिए । मंगलबार बेलुकाबाटै स्वास फेर्न असहज भएपछि चिकित्सकसँग परामर्श गराएका थिए । बुधबार दिउँसो उनी जहाजबाट काठमाडौं झरे लगत्तै अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्