
काठमाडौं- अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका ७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्। अध्यक्ष थिङसहित ३ जनालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष थिङसहित ३ जनालाई पक्राउ गरेको हो। वडा अध्यक्ष थिङको घरबाट प्रहरीले २७ किलो गाँजा बरामद गरेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १९:१९
प्रतिक्रिया दिनुहोस्