
लमजुङ- लमजुङ सदरमुकाम बेसीशहरमा दिउँसो एक घरमा चोरी भएको छ । बेसीशहर नपा-७ स्थित कृष्ण बहादुर गुरुङको घरमा सोमबार दिउँसो करिब ३ बजे सुनचाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
दिउँसो घरमा कोही नभएको समयमा ढोकाको ताल्चा फोडेर चोरी गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ०९:४८
प्रतिक्रिया दिनुहोस्