
काठमाडौं- श्रीच्छा प्रधान मिस नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छन् ।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।
त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।
उनलाई मिस नेपाल प्रियंका जोशी रानाले रानाले ताज पहिर्याइ दिएकी छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० २०:०२
प्रतिक्रिया दिनुहोस्