
बेसीशहर – सेवा सुविधामा विभेद भएको भन्दै आन्दोलनरत विद्यालयका कर्मचारीहरुले शुक्रबार दिउँसोको चर्को घाममा र्याली सहित बिरोध गरेका छन् । गत आइतबारबाट विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा शिक्षा विकास तथा समन्वय ईकाई बेसीशहरमा धर्ना दिइरहेका उनीहरुले शुक्रबार सदरमुकाम बेसीशहरमा चर्को घाममा आफना माग राख्दै बिरोध र्याली निकालेका हुन् ।
सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेको उनीहरुको आरोप छ । सरकारको निति तथा कार्यक्रमको बुँदा नं. १२७ मा समेत समावेस गरेको तर बजेट भाषणमा झुक्काउने र विगत देखीका सम्झौताहरुलाई छलकपट गर्ने कार्य गरेको समेत परिषदले जनाएको छ ।
प्लेकार्ड सहित बिरोध र्यालीमा निस्केका उनीहरुले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा इ.सि.डी शिक्षक दरबन्धी, सुविधा, उमेर हदको अनिश्चितता तथा उचित तलब र पेन्सनको सुविधाबाट बन्चित रहेको समस्याको तत्कालै न्यायिक र दिर्घकालिन समाधान गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुको सरकार समक्ष यथासक्य बजेटमा सम्बोधन गरि विद्यालय कर्मचारी तथा बालशिशु शिक्षकको सर्वोच्च अदालतको फैसला बमोजिक सर्भिस ल बनाई सम्पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्दै शिक्षा ऐन जारी गर्नुपर्ने माग छ ।
लमजुङका सामुदायिक विद्यालयमा कार्यरत करिब ६० जना कर्मचारी सहायक (लेखापाल), २ सय ७० जना बालशिशु शिक्षक, २ सय ७० विद्यालय सहयोगी र १२ जना गार्ड/मालीहरुको तलब ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने समेत माग राखेका छन् ।
जेठ २८ गते देखी असार १ गतेसम्म स्थानीय तहहरुमा धर्ना दिने, असार ३ देखी माग सम्बोधन नभइन्जेलसम्म सम्पूर्ण विद्यालयहरु बन्द गरी अनुगमन गर्ने कार्यक्रम रहेको परिषद लमजुङका अध्यक्ष पूर्ण बहादुर थापाले बताए ।
यो पनि ...
सेवा सुविधामा विभेद भएको भन्दै विद्यालयका कर्मचारीहरु आन्दोलित