1687182517.jpg)
बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहर स्थित विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेसीशहर नपा - ८ स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट संचालक सहित युवतीहरु पक्राउ परेका हुन ।
होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आईतबार गरेको सर्च अपरेशनका क्रममा ५ जना युवतीलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
युवती र होटल संचालक महिलाहरुले खाजा खान आउने ग्राहकहरुसँग वार्गेनिङ गरि अनैतिक क्रियाकलाप गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवतीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
पक्राउ परेका होटल संचालक र युवतीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।