
तनहुँ – तनहुँको आँबुखैरेनीमा मोटरसाइकल र बस ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक लमजुङ दोर्दी गाउँपालिका–५ का ३० बर्षिय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सोमबार तनहुँको आँबुखैरेनी गापा–४ मस्र्याङ्दी हाइड्रोपावरको पारवहाउस स्थित पृथ्वी राजमार्गमा मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नंं. को बस र बिपरीत दिशाबाट जाँदै गरेको ग २२ प ९८२३ नं. को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
मोटरसाइकल चालक सन्तोष गुरुङ र पछाडि सवार ३५ बर्षिय भिमसेन गुरुङ गम्भिर घाइते रहेकोमा चालक सन्तोषको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
घाइते भिमसेनको सोहि अस्पतालमा उपचार भैरहेको र बस चालक नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।