
बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा बस दुर्घटनामा परी घाईते भएकी युवतीको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
राइनास नपा–९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो करिब २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहीबार दिउँसो बेसीशहर नपा–८ शेरा स्थित पृथ्वी राजमार्ग बस काउण्टर नजिकै यात्रु चढाउन रोकेर राखेको चालक विहिन ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेपछि दुर्घटना भएको थियो ।
बसबाट आत्तिएर हामफाल्ने क्रममा गम्भिर घाईते भएकी गुरुङलाई लमजुङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
यो पनि..
बेसीशहरमा रोकिरहेको बस एक्कासी गुडेपछि........
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्