
काठमाडौं - नेपाल मेडिकल काउन्सिलको ६७ औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा असोज १० देखि १२ गतेसम्म हुने भएको छ ।
सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने भएको छ । भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।
परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरको माध्यमबाट हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १३:५९
प्रतिक्रिया दिनुहोस्