
सुन्दरबजार – लमजुङ भएर बग्ने पाउँदी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
पाउँदी खोलाले बगाउँदा सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौरका १० बर्षिय समर्पण परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी शुक्रबार दिउँसो करिब पौने २ बजे साथिहरुसँग खोलामा पौडी खेल्न गएका थिए ।
सुन्दरबजार-६ र तनहुँको भानु नपा-११ मानेचौका जोड्ने मोटरेवल पुल नजिकै बालकलाई खोलाले बगाएको देखेर स्थानीयले उद्धार गरेपनि मृत्यु भैसकेको घट्नास्थलमा पुगेका सुन्दरबजार प्रहरी चौकीका प्रमुख रामकृष्ण अधिकारीले बताए ।
उनी सुन्दरबजार–६ स्थित आदर्श प्रावि सित्तलचौतारीमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । परिक्षा विदाको समय पारेर केहि साथिहरुसँग उनी पौडी खेल्न गएका थिए ।
बालकको शव सदरमुकाम स्थित लमजुङ अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीले उद्धार गरेको वालकको शव ।