
सिम्पानी – मर्स्याङ्दी नदीमा आइतबार एक जनाको शव फेला परेको छ । मर्स्याङ्दी गाउँपालिका –९ स्थित सिटिभिटि कार्यालय नजिक मर्स्याङ्दी नदीमा एक जनाको शव फेला परेको हो ।
नदीको बिचमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव देखा परेको प्रहरीले जनाएको छ । नदीको वहाव ठूलो रहेको र जिल्लामा आपतकालिन रेस्क्यु टोली नहुँदा शव निकाल्न समस्या भएको प्रहरीले जनाएको छ । सोमबार आवश्यक तयारी गरेर शवको उद्धार गर्ने प्रहरीको भनाई छ ।
शनिबार राती सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक घ १ ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक बेपत्ता भएका छन् । चितवनको भरतपुर मानपा– १३ घर भइ ङादी बस्ने अन्दाजी ४० बर्षका खेमबहादुर भुलेज बेपत्ता भएका हुन् ।
उक्त शव सोही चालकको हुन सक्ने अनुमान गरिएपनि शव निकाल्न समस्या भएकाले पुष्टि भने, हुन सकेको छैन् ।
नदीमा खसेको बस भने, स्काभेटरको सहायताले निकालिएको छ ।