
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।
बोर्डले बुधबार एक सूचना जारी गर्दै आगामी असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने जानकारी गराएको छ ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्