
बेसीशहर – लमजुङमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ । बेसीशहर नपा–३ गाउँशहरबाट बेसीशहर –२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपमा झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।
दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भएपनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १७:४५
प्रतिक्रिया दिनुहोस्