
यामकुमारी कुमाल
नवलपुर – कुमाल समुदायले संस्कृतिक पर्व माघे संक्रान्तीलाई पहिलो पटक राष्ट्रियरुपमा मनाउने भएको छ । पर्व चितवनको भरतपुर महानगपालिका स्थित गोलाघाटमा मनाइने नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष विशाल कुमालले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रमको उदघाट्न गर्नेछन् । यो पर्व सरकारको राजपत्रमा नै नाम उल्लेख भएपनि कुमाल समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघीलाई सरकारद्धारा सम्बोधन नभएको अध्यक्ष कुमालले बताए ।
त्यसकारण प्रधानमन्त्रीलाई नै सहभागि गराएर पहिलो पटक राष्ट्रियरुपमा पर्व मनाउन लागेको उनले जानकारी दिए ।
माघे सङ्क्रान्तिमा कुमाल समुदायको पहिचान उजागर गर्ने उदेशयका साथका विभिन्न साँस्कृतिक कार्यक्रमहरु समावेश गर्ने कार्यतालिका रहेको समितिले जनाएको छ । कुमाल समुदायको परम्परागत घर, नाच, मौलिक खाना, मौलिक भेषभूषा प्रदर्शन गरिनेछ ।
माघीलाई कुमालहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ ।
यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा विभिन्न प्रकारका परिकारहरु बनाउने चलन छ ।
थारु, मगर समुदायले पनि यो पर्व विशेष महत्वका साथ मनाउँदै आएका छन् ।