
लमजुङ – गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा निर्माणधिन हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा लमजुङका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–५ बस्ने ४० बर्षिय पृथबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।
उनले गत असोज २० गते शनिबार राती १० बजे सिरानचोक गापा–१ केराबारीमा निर्माणाधिन चम्पावती हाईड्रोपावरको क्रसरमा जडान गरेको २ थान मोटर चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
चोरी भएको भनिएको मोटर घर्तीले गोरखाको सिरानचोक गापा–१ मा रहेको घरको खाली धन्सारमा लुकाइ राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घर्तीलाई गोरखा प्रहरीले कार्तिक २८ गते मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका घर्तीलाई चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गराई गोरखा अदालतबाट कार्तिक १ गते शुक्रबार अनुसन्धानका लागी म्याद थप गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घर्तीलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।