
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ । गएराति करिब १० बजे बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले वर्षमानकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार गरेका हुन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय नक्सालमा राखेर सोधपुछ गरिरहेको छ । तीर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ । वर्षमान उपचारका लागि चीनमा छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० ०९:४५
प्रतिक्रिया दिनुहोस्